बिष्णु बस्याल बिवशको गजल ”जायजेथा साहुको घरमा थाती राखेर” पढ्न लाग्ने समय : १ मिनेट बिष्णु बस्याल बिवश पिरै पिरको अचानोमा यो छाती राखेर जायजेथा साहुको घरमा थाती राखेर। हेर बिचार गरिदेउ मेरो परिवार भन्दै देउरालीको मन्दिरमा फूलपाती राखेर। पछि लागेको मेरो नाबालक छोरोलाई रुदाँ रुदैँ पनि प्रियसीले समाती राखेर। टीका लगाईदिँदा रुदैँ भनिन आमाले मन बुझाउँला साथमा यो नाति राखेर। एक हातले आँसु पुछ्दै मेरि प्रियतमले कलश पुज्दै थिई दियोमा बाती राखेर। रामपुर ३, पाल्पा हाल परदेश Post Views: 125 Sharing Facebook Twitter Pinterest LinkedIn