मंसिर २७, काठमाडौं । एम्बुलेन्सको ठक्करबाट चितवनमा पैदल यात्रुको मृत्यु भएको छ । प्रहरीका अनुसार भरतपुर महानगरपालिका-१५ मा हिजो बेलुका पौने ७ बजे से १ च ५८८ नम्बरको एम्बुलेन्सको ठक्करबाट अन्दाजी ३५ वर्षका पुरुषको मृत्यु भएको हो ।
घाइते भएका उनको भरतपुरको कलेज अफ मेडिकल साइन्स अस्पतालमा उपचारका क्रममा गएराति साढे ८ बजे मृत्यु भएको हो । उनको परिचय खुलेको छैन । एम्बुलेन्सका चालकलाई पक्राउ गरी ठप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।