• २०८३ असार १७ गते बुधवार

कोलम्बियामा राष्ट्रपतिका उम्मेदवार माथी गोली प्रहार

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २५, काठमाडौं । दक्षिण अमेरिकी देश कोलम्बियामा चुनावी प्रचारका क्रममा राष्ट्रपतिका उम्मेदवार मिगुएल उरिबेमाथि गोली प्रहार भएको छ ।

उनी हाल अस्पतालमा भर्ना छन् । अवस्था नाजुक रहेको छ । उरिबेले राजधानी बोगोटामा एक र्‍यालीलाई सम्बोधन गर्दै थिए। बोगोटाका मेयर कार्लोस गालानका अनुसार आक्रमणकारीलाई घटनास्थलबाटै पक्राउ गरिएको थियो।

३९ वर्षीय उरिबे विपक्षी डेमोक्रेटिक सेन्टर पार्टीका सदस्य हुन्।

Sharing

प्रतिक्रिया दिनुहोस