• २०८३ बैशाख २६ गते शनिवार

भाले गैँडा ‘माइला’ सदर चिडियाखाना ललितपुर ल्याइयाे

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २५, काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जबाट २३ महिनाको भाले गैँडा ‘माइला’ लाई सदर चिडियाखाना ललितपुर ल्याइएको छ । सौराहामा रहेको प्राकृतिक संरक्षण कोषमा हुर्काइएको भाले गैँडालाई सदर चिडियाखानामा नयाँ सदस्यको रुपमा ल्याइएको हो ।

बर्दिया राष्ट्रिय निकुञ्जमा टुहुरो अवस्थामा रहेको ‘माईला’ र पुजालाई ललितपुर ल्याउने तयारी हूँदा पोथी गैँडा ‘पुजा’ भने फुत्किएको थियो ।

‘पुजा’ लाई पनि केहीदिन पछि सदर चिडियाखानामा ल्याइने बताइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस