• २०८३ जेष्ठ २५ गते सोमवार

उदयपुरमा पाउरोटी फ्याक्ट्रीलाई दश हजार जरिवाना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २३, उदयपुर । त्रियुगा नगरपालिका–५ देउरीमा सञ्चालित एक उद्योगलाई मापदण्डविपरीतका गतिविधि गरेको भन्दै स्थानीय प्रशानले जरिवाना गरेको छ ।
जिल्ला प्रशासन कार्यलयले गुणस्तरहीन पाउरोटी उत्पादन गरेको कसुरमा उदयपुर बेकरीलाई रु १० दश हजार जरिवाना गरेको हो ।

उद्योगमा सधैँ सरसफाइ कायम राख्न र गुणस्तरयुक्त वस्तुमात्र उत्पादनमा प्रयोग गर्न निर्देशन दिँदै जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा बिहीबार गएको अनुगमन टोलीले नसिहतसहित उक्त रकम जरिवाना गराएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले बताउनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस