• २०८३ असार १ गते सोमवार

आइपिएल : कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई १४ रनले हराउँदै चौथो जित

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

वैशाख १७, काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई १४ रनले हराउँदै चौथो जित हात पारेको छ। जितको लागि २ सय ५ रनको लक्ष्य पछाएको दिल्ली २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ९० रनमा समेटियो। फाफ डु प्लेसिसले सर्वाधिक ६२ रन बनाए। उनले ४५ बलमा ७ चौका र २ छकमका प्रहार गरे।

कप्तान अक्षर पटेलले ४३ रनको योगदान दिए। विपराज निगमले ३८ रन र करूण नायरले १५ रन बनाए। यी चार बाहेक अन्यले दोहोरो रन छुन सकेनन्। बलिङमा सुनिल नराइनले ४ ओभरमा २९ रन दिंदै ३ विकेट लिए। वरूण चक्रवर्तीले २ विकेट झारे।

त्यसअघि अरूण जैटली स्टेडियममा दिल्लीले टस जितेर फिल्डिङ रोज्यो। कोलकाताले २० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४ रन बनायो। कोलकाताले सन्तोषजनक सुरुवात गर्यो। पहिलो पावर प्लेमा १ विकेट गुमाउँदै ७९ रन जोड्यो। ओपनर रहमानुल्लाह गुर्बाज १२ बलमा २६ रनमा आउट भए। अर्का ओपनर सुनिल २७ रनमा र कप्तान अजिन्के राहने २६ रन जोडेर अक्सर पटेलकको बलमा एलबिडब्लु धरापमा परे।

लगत्तै ७ रन बनाएका वेंन्कटेश अयर पनि ७ रनमा अक्षर कै बलमा आउट हुन पुगे। अंगक्रिश रघुवंशीले ३२ बल खेल्दै ३ चौका र २ छक्का सहित ४४ रनको पारी खेले। यस्तै रिन्कु सिंहले ३६ रन र आन्द्रे रसलले १७ रन जोडे।

बलिङमा मिचेल स्टार्सले ३ विकेट लिए। अन्तिम ओभरमा ह्याट्रिक विकेटबाट चुके। उनले २० औं ओभरको तेस्रो बलमा ५ रन बनाएका रोभम्यान पोवेलकाई एलबिडब्लु धरापमा पारे। चौथो बलमा आन्द्रे रसल १७ रनमा रनमा रन आउट भए। विपराज निगम र अक्षरले समान २ विकेट लिए।

कोलकाताको यो दशौं खेलमा चौथो जित हो। उसले ९ अंक बनाएको छ। कोलकाता सातौं स्थानमा कायमै रहेको छ।

दिल्लीको यो चार खेलमा तेस्रो हार हो। चौथो हार बेहोरेको दिल्लीसँग १२ अंक रहेको छ। दिल्ली चौथौ स्थानमा छ।

Sharing

प्रतिक्रिया दिनुहोस