• २०८३ असार ८ गते सोमवार

सुर्खेतमा १४ वर्षीया बालिका बलात्कृत

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख ३, सुर्खेत । सुर्खेतमा १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका-१ ढोडेखाली बस्ने ५१ वर्षीय जयकृष्ण न्यौपाने रहेका छन् ।

उनलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो । न्यौपानेले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस