• २०८३ भाद्र १ गते सोमवार

स्रोत नखुलेको १६ लाख रुपैयाँसहित एक जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष ९, बारा । प्रहरीले स्रोत नखुलेको १६ लाख रुपयाँसहित एक जनालाई पक्राउ गरेको छ। कलैया उपमहानगरपालिका–१० मटिअर्वा नहर चोकबाट स्रोत नखुलेको नगद १६ लाख रुपैयाँसहित भारत बिहार पूर्वी चम्पारण आधारपुर बस्ने २२ वर्षीय रन्देश कुशवाहालाई बिहीबार प्रहरीले पक्राउ गरेको हो।

विशेष सूचनाको आधारमा कुशवाहा सवार बिआर २२ एन ५०१४ नम्बरको मोटरसाइकल जाँच गर्दा प्रहरीले १ हजार दरको १ हजार ३ सय थान र ५ सय दरको ६ सय थान गरी जम्मा १६ लाख रुपैयाँ फेला पारेको थियो।

Sharing

प्रतिक्रिया दिनुहोस