• २०८३ असार ४ गते बिहिवार

राप्रपा नेता दिपक बाेहाेराकाे निधन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १८, काठमाडौं । प्रतिनिधि सभाका सांसद दीपक बोहराको निधन भएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद बोहराको आज काठमाडौंको ओम अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

सांसद बोहरा बिगत दुई वर्षदेखि बिरामी रहेका थिए। उनी राप्रपाका वरिष्ठ नेता एवं पूर्वमन्त्रीसमेत हुन्। २०७९ को आम निर्वाचनमा उनी रुपन्देही क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए। उनले तत्कालीन गृहमन्त्रीसमेत रहेका कांग्रेस नेता बालकृष्ण खाणलाई हराएर बिजेता बनेका हुन् ।

Sharing

प्रतिक्रिया दिनुहोस