• २०८३ बैशाख ४ गते शुक्रवार

पुसमै नियमित महाधिवेशन गर्ने काँग्रेसको निर्णय

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १५, काठमाडौं ।  नेपाली काँग्रेसले पुसमा नियमित महाधिवेशन गर्ने निर्णय गरेको छ । सोमबार बसेको केन्द्रिय समितिको बैठकले पार्टीको १५औ महाधिवेशन आगामी पुस २६ देखि २८ सम्म गर्ने निर्णय गरेको प्रवक्ता डा. प्रकाश शरण महत्तले जानकारी दिएका छन् ।

मङ्सिर २० गतेसम्म नयाँ क्रियाशील सदस्य वितरण गरिसक्ने र पुस ८ गते भित्र सबै निर्वाचन क्षेत्रमा नयाँ क्रियाशील सदस्यताको काम सक्ने र पुस १४ गते क्रियाशीलको सूची केन्द्रीय कार्यालयमा बुझाउने मिति तय भएको प्रवक्ता महत्तले जानकारी दिए ।

महाधिवेशन बारेको विवादका कारण असोज २८ देखि जारी काँग्रेसको केन्द्रीय समितिको बैठक पटक पटक बैठक सरिरहेको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस