• २०८३ जेष्ठ २५ गते सोमवार

युवा तथा खेलकुद मन्त्री श्रेष्ठले नेपाल स्काउटको प्रमुख स्काउटको रुपमा दिक्षा ग्रहण

मेनुका कार्की पढ्न लाग्ने समय : २ मिनेट

असार २८, काठमाडौं । युवा तथा खेलकुद मन्त्री श्री कृष्णगोपाल श्रेष्ठले नेपाल स्काउटको प्रमुख स्काउटको रुपमा दिक्षा ग्रहण गर्नुभएको छ । आज राष्ट्रीय सभागृह काठमाण्डौमा आयोजित एक बिशेष समारोहका विच मन्त्री श्रेष्ठले प्रमुख स्काउटको दिक्षा लिनुभएको हो ।

नेपाल स्काउटका राष्ट्रिय संयोजक लोक बहादुर भण्डारीले प्रमुख स्काउट माननिय मन्त्रीलाई दिक्षित गराउनुभएको थियो ।

सोही कार्यक्रममा काठमाण्डौ उपत्यका भित्रका २१ वटै पालिकाका नवनियुक्त संयोजक र सदस्यहरूले समेत पद तथा गोपनीयताको सपथ लिनुभएको थियो । कार्यक्रममा आफ्ना भनाई राख्दै राष्ट्रिय संयोजक भण्डारीले आफ्नो कार्याकालमा नेपाल स्काउटमा अधिकतम सांगठनिक सुधार र स्काउटिङ्ग विस्तार भएको जानकारी दिनु भयो, लामो समयको संक्रमण पछि नेपाल स्काउटलाई स्थीरता तर्फ अग्रसर गराउन आफु लागिरहेको र यस अभियानमा नवनियुक्त प्रमुख स्काउटको अधिकतम साथ र सहयोगको अपेक्षा व्यक्त गर्नुभयो ।

कार्यक्रममा मन्तव्य राख्दै युवा तथा खेलकुद मन्त्रालयका सचिव केदार न्यौपानेले देशको समृद्धीको सारथी नेपाल स्काउट बनेको र आफ्नो मन्त्रालय मातहत रहेका निकाय मध्य नेपाल स्काउट अग्रस्थानमा रहेको बताउनुभयो । कार्यक्रममा निर्देशनात्मक मन्तव्य राख्दै प्रमुख स्काउट माननिय कृष्णगोपाल श्रेष्ठले नेपाल स्काउट अब बिकासको गतिमा दौडीएको र अब कसैले यो गति रोक्न नसक्ने बताउनु भयो, देशका सबै बिध्यालयमा स्काउट शिक्षा सुरु गर्न जस्तोसकै सहयोग गर्न तयार रहेको प्रतिवद्धता व्यक्त गर्नुभयो ।

नेपाल स्काउटका राष्ट्रीय संयोजक लोक बहादुर भण्डारीले स्वागत, बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ । आज मन्त्रालयमा आयोजित एक कार्यक्रममा माननीय मन्त्रीज्युलाई नेपाल स्काउटका राष्ट्रीय संयोजकले नवनियुक्त मन्त्रीको कार्यकलमा नेपाल स्काउटलाई १३००० सामुदायिक विद्यालयमा स्काउट इकाई विस्तार गर्ने विस्वास व्यक्त गर्नुभयो

Sharing

प्रतिक्रिया दिनुहोस