• २०८३ बैशाख २४ गते बिहिवार

नेपाल सुपर लिगमा आज चितवन र पोखरा खेल्दै

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १८, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज चितवन र पोखराबीच खेल हुँदैछ । खेल बेलुका ६ बजे त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा शुरू हुनेछ । हिजोको खेलमा बुटवल लुम्बिनी र झापाले गोलरहित बराबरी खेलेका छन् ।

पहिलो खेलमा पनि ललितपुर सिटी र काठमाण्डौ रेजर्सले २–२ गोलको बराबरी खेलेका थिए । तेस्रो संस्करणको एनएसएल फुटबलमा सात टोली ललितपुर, काठमाण्डौ, पोखरा, बुटवल लुम्बिनी, धनगढी, झापा र चितवन सहभागी छन् ।

लिग चरणमा कुल २१ खेल हुनेछन् । लिग चरणपछि ४ टोली प्ले अफमा पुग्नेछन् । फाइनल खेल वैशाख १३ गते हुनेछ ।

Sharing

प्रतिक्रिया दिनुहोस