• २०८३ कार्तिक २३ गते आइतवार

साइबर हमलापछि हेलो सरकारको वेबसाइट ‘मेन्टिनेन्स’मा राखियो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १३, काठमाडौँ । प्रधानमन्त्री कार्यालय मातहतको हेलो सरकारको वेबसाइट ‘मेन्टिनेन्स’मा राखिएको छ । रुसी ह्याकर समूहले उक्त वेबसाइट ह्याक गरेको हो ।

ह्याकर समूह (घुद्रा) ले आफ्नो सन्देशसहित वेबसाइट ह्याक गरेको सन्देश छाडेको थियो । जसमा नेपाल सरकारले आफूहरुसँग सम्पर्क गर्न अस्वीकार गरेकाले सुरक्षा डेटा बिक्री गर्न बाध्य भएको उल्लेख थियो । यसरी ह्याकरले महत्वपूर्ण विवरणसहितको डेटा डार्कवेबमा बिक्रीमा राखिदिएका हुन ।

वेबसाइट ह्याक भएपछि अहिले वेबसाइटलाई मेन्टिनेन्समा राखिएको हो । तर, बुधबार राति यो समाचार तयार पार्दासम्म वेबसाइट अवरुद्ध नै छ । अहिले एकीकृत डाटा व्यवस्थापन केन्द्र मातहतको राष्ट्रिय सूचना प्रविधि केन्द्रका प्राविधिकहरु वेबसाइट पूर्ववत अवस्थामा फर्काउन लागिपरिरहेको केन्द्रका एक अधिकारीले बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस