• २०८३ जेष्ठ १९ गते मङ्गलवार

प्रधानमन्त्रीलाई प्रश्न सोधेको आधारमा पत्रकारकाे संसद् पास निलम्बन गरेकाेमा महासङ्घकाे ध्यानाकर्षण

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २१, काठमाडौँ । प्रश्न सोधेको आधारमा सङ्घीय संसद् सचिवालयले पत्रकार किशोर श्रेष्ठ र प्रकाश ओलीको संसद् प्रवेश पास निलम्बन गरेकोमा नेपाल पत्रकार महासङ्घले ध्यानाकर्षण भएको जनाएको छ । यही फागुन ४ गते प्रतिनिधिसभा बैठकपछि बाहिरिँदै गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गर्दा संसदीय मर्यादा र अनुशासनको उल्लङ्घन भएको भन्दै सङ्घीय संसद् सचिवालयले उनीहरूको पास निलम्बन गरेको हो ।

महासङ्घले काउन्सिलको क्षेत्राधिकारलाई ख्याल गरी पत्रकारको पास निलम्बन फिर्ता लिएर प्रेस स्वतन्त्रताको सम्मान गर्न सङ्घीय संसद्लाई आग्रह गरेको छ । पेशागत धर्म निर्वाहका क्रममा पत्रकार आचारसंहिताको ख्याल गर्न पनि पत्रकार तथा सञ्चारमाध्यलाई महासङ्घले ध्यानाकर्षण गराएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस