माघ , २८ काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रभावशाली विद्यार्थी संगठन अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले तत्काल स्वबियु निर्वाचनकाे मिति घाेषणा गर्न माग गरेका छन ।

उनले आफ्नो सामाजिक संजाल फेसबुक पेजमा स्टेटस लेख्दै भनेका छन, बिध्यार्थीहरुकाे एकमात्र निर्वाचित संस्था ”स्वतन्त्र बिध्यार्थी युनियनकाे” निर्वाचन यस पटक पनि यहि अवस्थामा,यहि फागुन १४ गते हुने परिस्थिति बनिरहेकाे छैन ।
नेपाल बिध्यार्थी संघकाे नया कार्यसमिति बने पनि बने देखि नै ऊनिहरु स्वबियु निर्वाचनमा केन्द्रित नभै अन्य मुद्दामा बरालिएकाे देखिन्छ ।निर्वाचन गराउने निकाय त्रिभुवन विश्वविद्यालय पनि समयमै निर्वाचन गराउने लागिपरेकाे भन्दा गराउन प्रयास गरेकाे देखाउन चाहन्छ, हामीलाई स्वबियु निर्वाचन पनि समय मै सम्पन्न गर्नु पर्ने बाध्यता छ र विश्वविद्यालयकाे क्यालेण्डर पनि प्रभावित नगरि समयमै बिध्यार्थीकाे परिक्षा लगायतका तालिका ब्यवस्थित गर्नु छ ।
लामाे समय स्वबियु निर्वाचनकाे अन्याैलता हामी बिध्यार्थीहरुलाई अमान्य र अस्वीकार्य छ, यसर्थ, त्रि.बि. ले सबै बिध्यार्थी संगठन संग छलफल गरि स्वतन्त्र बिध्यार्थी युनियनकाे निर्वाचनकाे मिति जति सक्दाे छिटाे सार्वजानिक गर्न अनेरास्वबियू माग गर्दछ ।
यदि स्वबियु निर्वाचन गराउन त्रिबि पदाधिकारी तयार नभए विश्वविद्यालय पदाधिकारीकाे सक्षमतामा नै प्रश्न नउठ्ला भन्न सकिदैन । यसर्थ तत्काल स्वबियु निर्वाचनकाे मिति घाेषणा गरियाेस ।