• २०८३ असार ८ गते सोमवार

सुनको मुल्य तोलामा एक हजार चार सय रुपैयाँले बढ्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १६, काठमाडौं । सुनको मुल्य आज एकैदिन तोलामा एक हजार चार सय रुपैयाँले बढेको छ । सुन आज तोलामा एक हजार चार सय रुपैयाँले बढेर एक लाख ६० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको मुल्य तोलाको एक लाख ५९ हजार दुई सय रुपैयाँ रहेको थियो ।

यस्तै आज चाँदीको मुल्य पनि बढेको छ । चाँदी आज तोलामा २० रुपैयाँले बढेर एक हजार आठ सय ५५ रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको मुल्य तोलाको एक हजार आठ सय ३५ रुपैयाँ रहेको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस