- कमला गौतम
दशमहिना कोखि राखि जन्म दियौ आमाले
खाई नखाई पाल्यो ताल्यो बाबा बरिलै
हुर्काई बढाई सिकाएर विवाह गरि पठायौ
पढे लेखेकी छोरी थिए नेटो कटायौ
पढाएर मात्र कहाँ,दाईजो दिने चलन
भन्छन अझ जति दिए नि यति भएन।
पढाएर लेखाए नि सुख छैन छोरीलाई
जस पनि पाउदिनन् आमा जुनि भरिनै।
फलनाले यति उति ल्यायो समाजले सुनायो
दाईजोको कुरा गरी बाबाको खेत बेचायो।
म पनि त छोरी थिए बोल्न मन लागेर
बराबर हुनपर्छ भन्छु नारी पुरुष नारा दिएर।
विवाह हुन्छ अहिले यहाँ सम्पतिको लोभमा
कति मर्छन नारी चेलि देशमा दाइजो मोहमा।
कानून पनि फितलो भो ठुलाको नै शाशन
जता पनि शोषण भो छोरी तिमी छैन बाचन।
काठमांडौ