• २०८३ कार्तिक १८ गते मङ्गलवार

गजल ! “प्रचण्ड घाममा युवाहरुले भेंडा चराउँछन”

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

प्रचण्ड घाममा युवाहरुले भेंडा चराउँछन, खाडिको घाम थेग्न नसकि लर बराउँछन।

सरकार ले रोजगार दिनेनै भएन देश भित्र, डिग्रिको बदलमा राहदानी

दिन सराउँछन।

गरिबलाई लिश्नो बनाई चढ्यो सिखर नेता, र अति रञ्जित नारा दिई जनता मराउँछन।

भन्छन बिदेशीले अतिकर्मण गयो आफैले, सदै नागरिकता बेच्दै

बिदेशिहरु भराउँछन।

हिँजो मा नी आफ्नै देशमै मोरौंला भन्नेहरु, देशमै बस्न नदिएर सिमाना फेरी तराउँछन।

हाम्रो देश को सरकार सेवा गरेकोछ कस्को, देशका झण्डा पोल्नेहरुलाई मन पराउँछन।

मर्नुभन्दा बौलाउँनु जाती भनेको यस्तैहोला, स्वदेश भित्र पुगेका त्यँहा

बस्ननी डराउँछन।

बिदेशमा दिनौ आत्महत्या गर्छन किनहो खै, सरकारको मौनताले सदै मुटु पिरो गराउँछन।

सदैभरी नै उपभोग्य भए मेरो देशका जनता, मौका ढुकी बस्ने फेरी उफ्री-उफ्री कराउँछन।

छी राजनीति बुझ्न गाराभयो यो परदेशीलाई, बर्खे च्याउ जस्तै तिनेताहरु दुखमा हराउँछन। सुरेशकुमार पान्डे।०६-०९-२०२०,

Sharing

प्रतिक्रिया दिनुहोस