कात्तिक ११, काठमाडौं । पेस्तोल देखाएर स्थानीयलाई त्रसित बनाउँदै हिँड्ने एक युवा काठमाडौँको रानीवनबाट पक्राउ परेका छन्।

काठमाडौँको नागर्जुन नगरपालिका–१ नमूना टोलमा पेस्तोल देखाएर त्रसित बनाउँदै हिँडेको भन्ने सूचनाका आधारमा प्रहरीले दैलेखको भगवतीमाई गाउँपालिका–७ घर भई सोही स्थानमा बस्ने २५ वर्षका अनिल खड्कालाई प्रहरीले पक्राउ गरेको हो।