• २०८३ जेष्ठ ७ गते बिहिवार

‘सुरक्षा’ का कारण बहराइनले इन्डोनेसियामा विश्वकप छनोट नखेल्ने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १, काठमाडौं । बहराइनको राष्ट्रिय फुटबल टोलीले इन्डोनेसियामा हुने विश्वकप छनोट खेल नखेल्ने बताएको छ । सुरक्षाको कारण देखाउँदै बहराइनले इन्डोनेसियामा फुटबल नखेल्ने बताएको बीबीसीले जनाएको छ ।

बहराइन फुटबल एसोसिएशनका अनुसार गएको हप्ता दुवै टोलीबीचको विवादास्पद २–२ गोलको बराबरीपछि इन्डोनेसियाका समर्थकहरूले बहराइनका खेलाडीलाई अनलाइनमार्फत मार्ने धम्की दिएका थिए ।

बहराइन र इन्डोनेसियाबीचको विश्वकप छनोट खेल अर्काे वर्ष मार्चमा जकार्तामा हुने तालिका छ तर बहराइन फुटबल एसोसिएशनले फिफालाई खेल इन्डोनेसियाबाहिरको ठाउँमा सार्न आग्रह गरेको छ । यसबारेमा इन्डोनेसियाली फुटबल सङ्घ र फिफाले सार्वजनिक रूपमा टिप्पणी गरेका छैनन् ।

समस्याग्रस्त सहकारीका ऋणीलाई ७ दिने ‘अल्टिमेटम’, ऋण नतिरे सम्पत्ति रोक्का र कालोसूचीमा राख्ने चेतावनी

Sharing

प्रतिक्रिया दिनुहोस