• २०८३ बैशाख २८ गते सोमवार

‘पिस एन्ड यूनिटी अ म्यूजिकल टुर युरोपमा

पढ्न लाग्ने समय : १ मिनेट

भदौ १०, काठमाडौ । युरोपका विभिन्न देशमा असोजको २७ देखि कात्तिकको ७ गतेसम्म पिस एन्ड ब्यूटिफूल चिल्र्डेन वेलफेयरको आयोजनामा सांगीति कार्यक्रम आयोजना हुने भएको छ । काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा कार्यक्रमको नाम ‘पिस एन्ड यूनिटी अ म्यूजिकल टुर दिएको जानकारी दिइयो। गायक सुगम पोखरेल, नायिका वर्षा राउत र गायिका तृष्णा गुरुङ यो कार्यक्रममा सहभागी हुनेछन् ।

युरोपको डेनमार्क, बेल्जियम र पोर्चुगलमा यो कार्यक्रम आयोजना हुन लागेको हो ।देशमा रहेका निमुखा तथा असाहय बालबालिकाहरुको आधारभुत आवश्यकता पुरा गरी उनीहरुको शिक्षा दिक्षामा सहयोग गर्नका लागि यो कार्यक्रम आयोजना गर्न लागिएको हो गायक सुगम पोखरेलले एउटा पवित्र उद्देश्यका कारण आफूहरुले थोरै पारिश्रमिक मात्र लिएर कार्यक्रममा सहभागी हुन लागेको बताए । यस्तै, नायिका वर्षा राउतले युरोपमा दर्शकहरुलाई कार्यक्रममा सहभागी हुन आग्रह गरिन् ।

Sharing

प्रतिक्रिया दिनुहोस