• २०८३ बैशाख २६ गते शनिवार

५० किलाेभन्दा धेरै लागूऔषधसहित तीन जना पक्राउ

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २३, दाङ । दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १८ मसिनाबाट ५० किलोभन्दा धेरै लागूऔषध अफिम र चरेससहित तीन जना पक्राउ परेका छन् । गोप्य सूचनाका आधारमा सुविन्द्र पुन र चेतन बुढालाई पक्राउ गरेर खानतलासी गर्दा अफिम बरामद भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख अर्जुन तिमिल्सेनाले जानकारी दिनुभयो ।

सोधपुछका क्रममा अफिम रुकुम पूर्वका बिनी पुनबाट खरिद गरेको खुल्न आएपछि प्रहरीले बिनी पुनको डेरामा छापा मारेर थप चरेस र अफिम बरामद गरेको हो । पक्राउ पर्नेहरूमा ३७ वर्षीय सुविन्द्र पुन, ५१ वर्षीय चेतन बुढा र ४२ वर्षीय बिनी पुन रहेका छन् । प्रहरीले उनीहरूको साथबाट ३८ किलो ९ सय ७२ ग्राम चरेस र ११ किलो १ सय ८० ग्राम अफिमसहित विभिन्न उपकरणहरू बरामद गरेको छ ।

पक्राउ परेकाहरूलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस