• २०८३ बैशाख १६ गते बुधवार

एन्फा महिला फुटबल लिगमा बाग्मती युथ क्लबले कर्णाली प्रदेशलाई हरायो

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ६, काठमाडौं । एन्फा महिला फुटबल लिगमा बाग्मती युथ क्लबले कर्णाली प्रदेशलाई हराएको छ । सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा बाग्मतीले कर्णालीलाई १–० गोलले हराएको हो । बराबरीतर्फ गएको खेलको इन्जुरी समयको पनि अन्तिम मिनेटमा गोल गरेर बाग्मती विजयी भएको हो ।

बाग्मती ७ खेलमा ७ अङ्कसहित तालिकाको सातौँ स्थानमा पुगेका छ भने समान ७ खेल खेलेको कर्णाली ४ अङ्कसहित नवौँ स्थानमा छ । यो खेलसँगै लिगको सातौँ चरण पुरा भएको छ । १० टोली सहभागी प्रतियोगितामा तीन विभागीय टोली–सशस्त्र प्रहरी बलको एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब शीर्ष तीनमा छन् । ७ खेलमा अङ्क जोड्न नसकेको सुदूरपश्चिम प्रदेश पुछारमा छ ।

Sharing

प्रतिक्रिया दिनुहोस