असार २७, अछाम । जङ्गली जनावर बँदेलको आक्रमणबाट मृत्युभएका अछामका एक पीडित परिवारलाई राहत रकम प्रदान गरिएको छ। तुर्माखाद गाउँपालिका–३ का २९ वर्षीया दिलादेवी बयकको विसं २०८० साउन ३२ गते खेतबारीमा काम गरेर घर फर्किने बेला जङ्गली जनावर बँदेलको आक्रमणबाट मृत्युभएको हाे।

एक कार्यक्रमकाबीच प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्साल र डिभिजन वन कार्यालयका प्रमुख जनक पाध्यायले मृतक बयकका श्रीमान् बलबहादुर बयकलाई १० लाखको चेक हस्तान्तरण गरेका छन्। जिल्लामा जङ्गली जनावरले गरेको क्षतिवापत पीडितलाई ६७ लाख रकम प्रदान गर्नुपर्र्नेछ तर जङ्गली जनावरको आक्रमणबाट मृत्युभएका एकजनाका परिवार र घाइते ११ जनालाई चालु आर्थिक वर्षमा १६ लाख राहत रकम उपलब्ध गराइएको डिभिजन वन कार्यालय प्रमुख पाध्यायले बताए।