• २०८३ बैशाख २० गते आइतवार

टी-२० विश्वकप : बंगलादेशमाथि अस्ट्रेलिया २८ रनले विजयी

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ७, काठमाडौं । अस्ट्रेलियाले बंगलादेशमाथि २८ रनको जित हासिल गरेको छ । जारी टी-२० विश्वकपको सुपर आठ अन्तर्गतको खेलमा अस्ट्रेलियाले बंगलादेशलाई डक वर्थ लुइस नियम अनुसार २८ रनले पराजित गरेको हो ।

बंगलादेशले दिएको १४१ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले ११.२ ओभरमा २ विकेट गुमाएर १०० रन बनाएपछि बर्षाले खेल अवरुद्ध भएपछि खेलको निर्णय डकवर्थ लुइस नियम अनुसार गरिएको थियो । अस्ट्रेलियाका लागि डेभिड वार्नरले अविजित ५३ रन बनाएका थिए भने ट्राभिस हेडले ३१ रन बनाएका थिए । यस अघि पहिला ब्याटिंग गरेको बंगलादेशले २० ओभरमा ८ विकेट गुमाउदै १४० रन बनाएको थियो ।

यो जितपछि सुपर आठको समुह एकमा अस्ट्रेलियाले महत्वपूर्ण २ अंक हासिल गरेको छ । अब अस्ट्रेलियाले आइतबार बिहान अफगानिस्तानसँग खेल्ने छ भने बंगलादेशले शनिबार राती भारतसँग खेल्ने छ ।

Sharing

प्रतिक्रिया दिनुहोस