असोज ११, दाङ । घोराही उपमहानगरपालिका १५ निवासी पत्रकार सागर थापाले आफ्नो जन्मदिनको अवसरमा जेष्ठ नागरिक सरोकार केन्द्र तेरौटेमा रहेको बृद्धा आश्रमको बृद्धा बृद्धाहरुलाई भोजना गराउनुभएको छ ।

राष्ट्रिय अनलाईन पत्रकार संघको प्रदेश नं ५ को उपाध्यक्ष खबर 24 नेपालको ५. नम्बर प्रदेश प्रमुख समेत रहनुभएका पत्रकार थापाले तेरौटेस्थित बृद्धाश्रममा रहेका जेष्ठ नागरिकहरुलाई भोजन गराउनुभएको छ । पत्रकार थापा क्राइम बिटमा पत्रकारीता गर्दै आउनुभएको छ ।