• २०८३ जेष्ठ २८ गते बिहिवार

एमाले तारकेश्वरले ग¥यो म्याराथन दौड प्रतियोगिता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २१, काठमाडौं । नेकपा एमालेले तारकेश्वरले म्याराथन दौड प्रतियोगिता सम्पन्न गरेको छ । नेकपा एमालेको साातौं अधिवेशनको प्रचार स्वरुप पार्टी पोलिटब्यूरो सदस्य तथा काठमाडौं जिल्ला इन्चार्ज आनन्द पोखरेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बागमती प्रदेश कमिटी सदस्य श्याम घिमिरे, ई. अमन मास्के, सिताराम रेग्मी, जिल्ला अध्यक्ष दिपक निरौला लगायत नेकपा एमालेका काठमाडौं जिल्ला तथा तारकेश्वरका नेता/कार्यकर्ताहरूको सहभागिता रहेको थियो । म्याराथन दौडमा तारकेश्वरका ११ वटै वडाका नेता/कार्यकर्ताहरु सहभागी भएका थिए । दौड कार्यक्रम तारकेश्वर ६ को साझा पार्टी प्यालेसबाट सुरु भई साङला बिहानी चोकसम्म पुगेको थियो । म्याराथन प्रतियोगितामा सञ्जय महर्जन प्रथम भएका थिए ।

कार्यक्रममा बोल्दै एमाले पोलिटब्यूरो सदस्य आनन्द पोखरेलले स्थानीय तहमा भएका भ्रष्टाचारका मुद्दाहरुलाई सार्वजनिक जनतामा गर्न नेता/कार्यकर्तालाई निर्देशन दिनुभयो । पोखरेलले आगामी ८४ को चुनावमा स्थानीय तहमा बहुमत र संघमा १३५ सिट जित्ने गरी लाग्न सबैलाई अनुरोध गरेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस