• २०८३ मङ्सिर ७ गते आइतवार

आइपिएल : राजस्थान चार विकेटले विजयी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ९, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) २०२४ मा रोयल च्यालेन्जर्स बैंग्लोरु (आरसिबी)को यात्रा प्लेअफमा पुगेर समाप्त भएको छ । बुधबार राति सम्पन्न खेलमा राजस्थान रोयल्ससँग चार विकेटले पराजित भएसँगै आरसिबी प्लेअफबाट बाहिरिएको हो ।

आरसिबीले दिएको १७३ रनको लक्ष्य राजस्थानले १९ ओभरमा ६ विकेट गुमाएर भेट्टायो । राजस्थानका लागि यशस्वी जैसवालले ३० बलमा आठ चौका प्रहार गर्दै ४५ रन बनाए । त्यस्तै २६ बलको सामना गरेका रियान पराग दुई चौका र दुई छक्कासहित ३६ रन बनाएर पेभिलियन फर्किए । टम कोहलर–क्याडमोर २०, धुव्र जुरेलले ८ रनको योगदान दिए । सञ्जु सैमसनले १७ रन बनाउँदा शिमरोन हेटमायर २६ रन बनाएर आउट भए ।

आरसीबीका लागि मोहमद सिराजले चार ओभरमा ३३ रन खर्चिएर दुई विकेट लिए । क्यामरुन ग्रीन, लोकी फर्ग्युसन, कर्ण शर्माको नाममा एक एक विकेट रह्यो ।

त्यसअघि नरेन्द्र मोदी स्टेडियम टस हारेर ब्याटिङको निम्तो पाएको आरसिबीले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १७२ रन बनाएको थियो ।

जितसँगै राजस्थानले पहिलो क्वालिफायरमा पराजित सनराइजर्स हैदरावादसँग दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछ। पहिलो क्वालिफायरमा कोलकाता नाइट राइडर्ससँग ८ विकेटले पराजित हुँदै हैदरावाद दोस्रो क्वालिफायरमा पुगेको थियाे । कोलकाता सिधै फाइनल पुगिसकेको छ। दोस्रो क्वालिफायरको विजेताले कोलकातासँग फाइनल खेल्नेछ।

Sharing

प्रतिक्रिया दिनुहोस