जेठ ८, काडमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कोरोना महामारीका बेला मध्यावधि चुनावका लागि सरकारको तयारी महँगो पर्ने बताएका छन् । राष्ट्रपती विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) बमोजिम सरकार गठनका लागि दुवै पक्षका दाबी नपुगेको भन्दै प्रधानमन्त्री नियुक्त गर्न नमिल्ने विज्ञप्ति जारी गरेपछि प्रवक्ता शर्माले ट्विटरमार्फत आक्रोश व्यक्त गरेका हुन ।
उनले ट्विट गर्दै लेखेका छन : `अहंकारको वृक्षमा विनाशको फल लाग्छ´, सिंगो महाभारतको संक्षिप्त सार यत्ति हो ! बुझि राख्नु रास्ट्रपति महोदया र कमरेड प्रधानमन्त्रीजि, महाब्याधिका बेला मध्यावधिको रंगीन सपना महंगो पर्नेछ ! संविधानको सामुहिक बलात्कारको दुश्परिणाम महंगो पर्नेछ l
