• २०८३ जेष्ठ ३१ गते आइतवार

गायिका एलिना चौहानको आज बिबाह हुदैँ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख ५, काठमाडौं । चर्चित गायिका एलिना चौहानको आज बिबाह हुदैँछ । हाल अष्ट्रेलियामा बस्दै आइरहेका प्रेमी विष्णु सापकोटासँग विवाह बन्धनमा बाँधिन लागेकी हुन ।

परम्परागत रूपमा हुने सो विवाह समारोह एलिनाको गृह जिल्ला झापामा हुनेछ, जसका लागि बिर्तामोडस्थित बिर्ता पार्टी प्यालेसमा विवाह समारोहको आयोजना गरिएको छ।

मंगलबार उनले मेहन्दी समारोह गरेको तस्विर तथा भिडियो सार्बजनिक भइसकेको छ भने बागलुङबाट जन्तीसहित बिष्णु मंगलबार नै झापा पुगिसकेका छन् ।

एलिना र विष्णुले केही वर्षको प्रेम विवाहमा परिणत गर्न लागेका हुन् । विष्णु केही समयदेखि अस्ट्रेलिया बस्दै आएका छन् । तर, यसबिचमा उनीहरूको ब्रेकअप भएको हल्ला पनि चलेको थियो । सो हल्लालाइ चिर्दै एलिना–बिष्णु बिबाह बन्धनमा बाँधिन लागेका हुन ।

Sharing

प्रतिक्रिया दिनुहोस