• २०८३ कार्तिक २७ गते बिहिवार

एनपीएलः विराटनगरको तेस्रो जित,पोखरा आउट

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक २६, काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आजको पहिलो खेलमा विराटनगर किङ्ग्स विजयी भएको छ। विराटनगरले पोखरा एभेन्जर्सलाई ४ विकेटले हरायो।

विराटनगरको यो तेस्रो जित हो। तेस्रो जितले विराटनगरले प्लेअफको सम्भावनालाई जीवित राखेको छ । पाचौं खेल हारेको पोखरा भने प्रतियोगिताबाट बाहिरिएको छ। जितका लागि पाएको १३३ रनको लक्ष्य विराटनगरले १९.२ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्याे।

जसमा बसिर अहमदले ३७ र लोकेश बमले ३३ रनको योगदान गरे। पोखराका कुशल भुर्तेल र रमेश मेन्डिसले २÷२ विकेट लिए।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको पोखरा १७.५ ओभरमा १३२ रनमा समेटियो । जसमा युवराज सामराले सर्वाधिक ८४ रन बनायो। विराटनगरका कप्तान सन्दीप लामिछानेले ह्याट्रिकसहित ६ विकेट लिए।

Sharing

प्रतिक्रिया दिनुहोस