• २०८३ जेष्ठ २२ गते शुक्रवार

उच्च मूल्यबाट सुनको भाउ सात सय रुपैयाँले घट्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक ८, काठमाडौं । केही दिनदेखि लगातार बढेको सुनको भाउ आज तोलामा सात सय रुपैयाँले घटेको छ । हिजो नयाँ कीर्तिमान बनाएर अहिलेसम्मकै उच्च तोलाको एक लाख ६६ हजार सात सय रुपैयाँ पुगेको सुनको भाउ आज सात सय रुपैयाँले घटेर तोलाको एक लाख ६६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी ४० रुपैयाँले घटेर तोलाको दुई हजार ९५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार एक सय सय ३५ रुपैयाँ रहेको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस