• २०८३ मङ्सिर ७ गते आइतवार

न्यूक्यासलसँग टोटनह्यामको लज्जास्पद हार

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख १, काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत न्यूक्यासल युनाईटेडले टोटनह्यामलाई फराकिलो अन्तरले पराजित गरेको छ । न्यूक्यासलले टोटनह्यामलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

न्यूक्यासलको जितमा अलेक्जाण्डर इसकले २ गोल गरेका थिए भने एन्थोनी गोर्डन र फाबियन चारले एक एक गोल गरेका थिए । यो जितपछि न्यूक्यसल युनाइटेडको ३२ खेलमा ५० अंक भएको छ र लिगमा छैटौं स्थानमा उक्लिएको छ ।

त्यसैगरी टोटनह्यामको ३२ खेलमा ६० अंक छ र लिगमा पाँचौं स्थानमा रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस