आफु भोको रहेर पनि पाल्यो जस्ले,
उनैका दुखःदर्द सबै अंगाल्यो जस्ले।
तमासा उनैलाई बास बिहिन बनाएर,
ज्यु भित्र बाट मयल पखाल्यो जस्ले।
केदिन आयो छोरा छोरी बिरानो भए,
जिवन भरी उनैलाई सम्हाल्यो जस्ले।
औलादहरु लड् खडाउँदा सातो जाने,
अंधकारमा सदै नै दियो बाल्यो जस्ले।
अचम्मै लाग्छ उन्को ब्यबहार देखेपछि,
पालन हाराकोनै घर बार ढाल्यो जस्ले।
आमा बाबाको हृदय छिया छिया पार्यो,
आफ्नो घरबाट बाहिर निकाल्यो जस्ले।
कहिलेइ सुखि रहन सक्नेछैन त्यो पनि,
बृद्धाहरुलाई बचन लाउन थाल्यो जस्ले।
ढुङ्गा लाई पुज्छ बानेर ध्वजा दिनौ दिन,
जनम दातालाई नै बाहिर फाल्यो जस्ले।