• २०८३ असार १६ गते मङ्गलवार

गितकार तारा अधिकारीको  जे पायो त्यही को म्युजिक भिडियो सार्बजनिक

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट
चैत २२, काठमाडौं । गितकार तारा अधिकारीको नयाँ गित जे पायो त्यही को म्युजिक भिडियो सार्बजनिक भएको छ ।
गीतकार अधिकारीको रचना रहेको गितमा लेखु सहयात्रीको संगितमा आशिष अबिरल र अस्मिता अधिकारीको स्वर रहेको छ ।
म्युजिक भिडियोमा आष्मा विश्वकर्मा, सरोज अधिकारी र बिजय अधिकारी (कार्टुन क्रु) को अभिनय रहेको छ । सान थापाको निर्देशन रहेको भिडियोलाई अर्जुन तिवारीको छायांकन र मिलन विश्वकर्माको सम्पादन रहेको छ  भने कोरियोग्राफी   राजिव समरको  रहेको छ ।
गितलाई सुनौलो ताराले बजारमा ल्याएको हो । गीतकार अधिकारीका दर्जनौ लोकप्रिय गीतहरु बजारमा आइसकेका छन् । उनले राष्ट्रिय अवार्डहरु पनि पाउन सफल भएकी छिन् ।
https://youtu.be/f4PHG7fqIVU?si=Dk7meQgqVOP8b-57

Sharing

प्रतिक्रिया दिनुहोस