चैत १६, काठमाडौँ। नेपाल ‘ए’ टोलीले तीन खेलको टी–२० शृंखलाअन्तर्गत शुक्रबार पहिलो खेलमा आयरल्यान्ड उल्भ्ससँग खेल्दै छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो १ बजेबाट शुरू हुने छ।

बिहीबार वर्षाका कारण आउटफिल्ड भिजेपछि नेपाल क्रिकेट संघ (क्यान)ले खेल रद्द गर्दै तालिका परिवर्तन गरेको हो । नयाँ तालिका अनुसार चैत १६, १७ र १८ गते नेपाल र आयरल्यान्डले टी–२० शृंखला खेल्ने छ। तीन खेलको टी–२० शृंखला सकिएलगत्तै तीन खेलको एक दिवसीय शृंखला शुरू हुने छ। उक्त शृंखला चैत २०, २२ र २४ गते हुनेछ।
नेपाल ‘ए’ टोली
कप्तान विनोद भण्डारी, लोकेश बम, देव खनाल, पवन सर्राफ, किरण ठगुन्ना, आरिफ शेख, अर्जुन घर्ती, नारायण जोशी, बसिर अहमद, राशिद खान, सागर ढकाल, विपिन खत्री, कमलसिंह ऐरी, हेमन्त धमी र विकाश आग्री