• २०८३ बैशाख ११ गते शुक्रवार

सुनको मूल्य घट्दा चाँदीको बढ्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ४, काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य घट्दा चाँदीको भने बढेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आइतबार तोलामा ४०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला एक लाख २५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुन प्रतितोला १ लाख २४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

गत शुक्रबार छापावाल सुन प्रतितोला १ लाख २५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले बढेर १ हजार ५३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस