• २०८३ जेष्ठ ३१ गते आइतवार

केपी ओली कप : पुलिस र एनआरटी विजयी

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १३, काठमाडौं । निर्णायक पेनाल्टी प्रहारमा नवयुग श्रेष्ठ चुकेपछि पुलिसले आइतबार आर्मीलाई टाइब्रेकरमा ४–३ ले पराजित गर्दै केपी ओली कपको क्वाटरफाइनल प्रवेश गरेको छ । निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा टुंगिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।

सातदोबाटोको एन्फा कम्प्लेक्समा भएको खेलमा सत्रुधन कुमारको स्थानमा सब्टिच्युट गोलरक्षकका रूपमा मैदानमा प्रवेश अमित टमाटले नवयुग श्रेष्ठको अन्तिम प्रहारलाई रोकेका थिए । पुलिसले अबको खेलमा डिफेन्डिङ च्याम्पियन मछिन्द्रको सामना गर्नेछ ।

आज पहिलो खेलमा एनआरटीले थ्री स्टारलाई १–० ले हराएको छ । विवेक गुरुङले पहिलो हाफमा गरेको एकमात्र गोल जितका लागि पर्याप्त रह्यो । विवेकले २७ औं मिनेटमा फ्रि–किकबाट उत्कृष्ट गोल गरे । सन्जिव विष्टले खेमराज श्रेष्ठलाई लडाएपछि यो फ्रि–किकको अवसर पाएको हो । एनआरटी सेमिफाइनलमा पुगेकाे छ ।

Sharing

प्रतिक्रिया दिनुहोस