• २०८३ जेष्ठ ३० गते शनिवार

नेदरल्याण्डसले नेपाललाई दियो १३८ रनको लक्ष्य

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ५, काठमाडौँ । नेदरल्याण्डसले नेपाललाई १३८ रनको लक्ष्य दिएको छ । आइसीसी क्रिकेट विश्वकप लिग-२ को जारी सिरिजको दोस्रो खेलमा टस हारेर पहिला ब्याटिंग गरेको नेदरल्याण्डस ३९ ओभरमा अलआउट हुदै १३७ रन बनाएको हो ।

नेदरल्याण्डसका लागि स्कट एडवार्ड्सले सर्बाधिक ३३ रन बनाएका थिए भने बास डे लीडले २७, सिब्राण्ड एंगेलब्रेचटले २३ रन बनाएका थिए ।

त्यसैगरी नेपाली बलर कुशल भुर्तेलले सर्बाधिक ४ विकेट लिएका थिए भने ललित राजबंशीले २ विकेट तथा सोमपाल कामी र कप्तान रोहित पौडेलले १-१ विकेट लिएका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस