• २०८३ बैशाख ६ गते आइतवार

४ वटा स्काभेटरमा आगो लगाउने पाँचजना पक्राउ

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २९, सोेलुखुम्बु । सोलुखुम्बुमा चारवटा स्काभेटरमा आगो लगाएको आरोपमा पाँच जना पक्राउ परेका छन् । करिब आठ महिनाको अवधिमा चारवटा स्काभेटरमा आगजनी गरेको घटनामा संलग्न भएको आरोपमा पाँच जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

थुलुङ दूधकोसी गाउँपालिकामा विभिन्न समयमा चारवटा स्काभेटरमा आगजनी गर्ने कार्यमा संलग्न रहेको आरोपमा माप्य दूधकोसी गाउँपालिका–५ का सुवास राई, एक नाबालक, थुलुङ दूधकोसी गाउँपालिका–९, लोखिमका हेमन्त राई, एकराज राई र सन्दीप राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका पाँचै जनाविरुद्ध मुद्दा चलाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस