• २०८३ जेष्ठ ४ गते सोमवार

नेपाल सुपर लिग फुटबल : स्पोर्टिङ इलाम एफसी र एफसी बुटवल लुम्बिनीबीच प्रतिस्पर्धा हुदै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १७, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबल अन्तर्गत आज स्पोर्टिङ इलाम एफसी र एफसी बुटवल लुम्बिनीबीच प्रतिस्पर्धा हुदैछ। खेल दशरथ रंगशालमा साँझ साढे ५ बजे सुरु हुनेछ।

इलाम दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ। लुम्बिनी भने पहिलो जितको खोजीमा छ। दुई खेलबाट ३ अंकसहित इलाम अंकतालिकाको छैटौं स्थानमा छ। लगातार दुई खेल हारेको बुटवल लुम्बिनी अंकविहीन हुँदै पुच्छारमा छ।

यसअघि हिजो भएको खेलमा धनगढी एफसी र ललितपुर सिटी एफसी तथा पोखरा थण्डर्स र झापा एफसीले बराबरी खेल्दै अंक बाँडेका थिए।

Sharing

प्रतिक्रिया दिनुहोस