मंसिर ८, काठमाडौं । साबिक विजेता काठमाडौं रेजर्सले नेपाल सुपर लिग एनएसएलको दोस्रो संस्करणमा विजयी सुरुवात गरेको छ । दशरथ रंगशालामा शुक्रबार भएको खेलमा काठमाडौंले नवप्रवेशी स्पोर्टिङ इलामलाई १–० गोल अन्तरले हराएको हो ।
काठमाडौंको जितमा राजीव लोप्चनले खेलको ५१ औं मिनेटमा निर्णायक गोल गरेका थिए । दोस्रो हाफमा बेन्चबाट मैदान छिदै राजीवले काठमाडौंका लागि विजयी गोल गरे । पहिलो हाफमा दुवै टिमले खेलमा प्राप्त अवसर खेर फालेका थिए । पहिलो खेल भएका कारण दुवै टिमका खेलाडीबीच राम्रो तालमेल मिल्न सकेको थिएन । तर विदेशी खेलाडीको प्रभावका कारण खेल प्रतिस्पर्धात्मक बनेको थियो ।
जित सहित काठमाडौंले तालिकमा तीन अंक जोडेको छ । नव प्रवेशी स्पोर्टिङ इलामले हारबाट एनएसएलको यात्रा सुरु गरेको छ ।
