कात्तिक १९, दैलेख । फिरन्ते जीवन जिउने र जंगलमै बस्ने राउटे समुदायका महामुखिया महिनबहादुर शाहीको गएराति निधन भएको छ । विगत केही समयदेखि दैलेखको भैरवी गाउँपालिका–३ रतुवा खोलामा बस्दै आएको राउटे समुदायमा उनको निधन भएको हो ।
महामुखिया महिनबहादुर शाही विगत ५ महिनादेखि ढाड दुख्ने समस्याले ओछ्यानमै थला परेका थिए । गाउँघरमै सामान्य तरिकाले ढाडको उपचार गराएपनि शाहीले थप उपचारको लागि जिल्ला बाहिर जान मानेका थिएनन् । राउटे सदस्यहरूले मध्य राति नै महामुखियाको अन्त्येष्टि गरिसकेका छन् ।
महामुखियाका १३ सन्तान भएकोमा अहिले १ श्रीमती र १ नाति मात्र रहेका छन् ।
