• २०८३ बैशाख २९ गते मङ्गलवार

कोशीका मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने एमालेको निर्णय

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

 कार्तिक १,  काठमाडौं । नेकपा एमालेले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिने निर्णय लिएको छ। बुधबार बिहान बसेको एमालेको कोशी संसदीय दलको बैठकले सो निर्णय लिएको प्रमुख सचेतक रेवती भण्डारीले जानकारी दिए।

गत बिहीबार एमालेका ३९ र कांग्रेसका ८ सांसदको सहयोगमा कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए। उनी शनिबार मुख्यमन्त्री नियुक्त भएका थिए।

एमालेको सहयोगमा मुख्यमन्त्री नियुक्त भएको भए पनि कार्कीलाई केन्द्रीय सत्ता गठबन्धनले पनि अपनत्व लिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसअघि नै कार्की आफूहरूको पनि मुख्यमन्त्री भएको बताएका थिए। साथै, माओवादी केन्द्र, एकीकृत समाजवादी जस्ता दलहरूले पनि कार्कीलाई विश्वासको मत दिने बताइसकेका छन्।

Sharing

प्रतिक्रिया दिनुहोस