• २०८३ बैशाख २६ गते शनिवार

जाजरकोटमा अरिङ्गालले टोकेर दुई बालिकाको मृत्यु, एक गम्भीर

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २३, सुर्खेत। जाजरकोटको कुशे गाउँपालिका–१ धाउनीका वीरबहादुर सिंहका दुई छोरीको अरिङ्गालको टोकाइबाट मृत्यु भएको छ। घाइते ९ महिने निर्जला सिंहको उपचारका लागि छेडागाड नगरपालिकाको थलहमा लैजाँदै गर्दा बाटोमै सोमबार बिहान ४ बजे मृत्यु भएको थियो भने अर्की ३ वर्षीया सुस्मिता सिंहको आइतबार बेलुकी ९ बजे नै मृत्यु भएको टालेगाउँ स्वास्थ्य चौकीका प्रमुख शेरबहादुर बस्नेतले जानकारी दिए।

बालिकाको साथमा रहेकी हजुरआमा बिजुली सिंह समेत अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएकी हुन्। ​ गाइगोरु लिएर धाउनीस्थित खेतमा काम गर्न जाँदा अरिङ्गालको टोकेको थियो।

Sharing

प्रतिक्रिया दिनुहोस