मंसिर २२, बाँके । नेपालगंज उपमहानगरपालिका वडा नं। १९ कालिका मन्दिरमा जिल्ला प्रहरी कार्यालय बाँके र महिला, वालालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको आयोजना तथा वडा कार्यालयको सहकार्यमा “लैङ्गिक हिँसा अन्त्यको प्रतिबद्धता स् व्यक्ति समाज र सबैको ऐक्यबद्धता’’ भन्ने मुल नाराका साथ लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान कार्यक्रम अन्तरगत कार्यक्रम भएको छ । लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान मनाउने सन्र्दभमा कार्यक्रम भएको हो ।
कार्यक्रममा नेपालगंज उपमहानगरपालिका वडा नं। १९ को किरण महिला आमा समुहकी शान्ता श्रेष्ठको अध्यक्षतामा र वडाध्यक्ष प्रशुराम वर्माको प्रमुख आतिथ्यमा १९ वडाका का बाल क्लब , कोशोरी क्लव , आमा समुह लगायत स्थानिय महिला, पुरुष, बालबालिका र ज्येष्ठ नागरिक समेतको उपस्थितीमा कार्यक्रम भएको हो । कार्यक्रममा बाल यौन दुर्वयवहार तथा साइवर अपराध सम्बन्धि सचेतनामुलक कार्यक्रम गरिएको बाँके एसपी ओम बहादुर रानाले जानकारी दिनुभयो ।