• २०८३ बैशाख २५ गते शुक्रवार

सल्यानमा बस दुर्घटना हुदाँ दुई जनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २०, सल्यान । सल्यानमा बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। दाङ तुलसीपुरबाट सल्यानको छत्रेश्वरी गाउँपालिका झिम्पे जयचौर जाँदै गरेको ना ६ ख ५४६३ नम्बरको बस कपुरकोट गाउँपालिका-३ मुलपानी नजिकै दुर्घटनामा परेको हो।

मृत्यु हुनेमा दाङको तुलसीपुर उपमहानगरपालिका–६ बस्ने वर्ष ३१ की सुमित्रा सुनार र सल्यान त्रिवेणी गाउँपालिका–६ बस्ने वर्ष ४० अनिता बोहरा रहेकी छन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी एवम् प्रहरी नायव उपरीक्षक नवीन कार्कीले जानकारी दिए । दुर्घटनामा चालकसहित ५ जना गम्भीर घाइते भएका छन्। बसमा करिब १६ यात्रु सवार थिए।

Sharing

प्रतिक्रिया दिनुहोस