• २०८३ असार १८ गते बिहिवार

साफ यू-१९ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ४, काठमाडौं। साफ यू-१९ च्याम्पियनसिपअन्तर्गत समूहगत चरणको पहिलो खेलमा नेपाल पाकिस्तानसँग १-० गोलले पराजित भएको छ । दशरथ रंगशालामा भएको खेलको दोस्रो हाफकाे ७७ औं मिनेटमा पाकिस्तानका अली जाफरले गोल गरेका हुन् ।

पहिलो हाफमा नेपालका कप्तान गोलकिपर जियारत शेखले पाकिस्तानका ६ वटा प्रहारको उत्कृष्ट बचाउ गरेका थिए । नेपालले प्रतियोगिताको पहिलो खेलमा हार ब्यहोरेको हो ।

नेपालले दोस्रो खेलमा माल्दिभ्ससँग खेल्नेछ । नेपाललाई अघिल्लो चरण पुग्न माल्दिभ्सलाई जित्नैपर्ने दबाब थपिएको छ । प्रतियोगितामा नेपाल सहित ६ टिम सहभागी छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस