साउन, २७ काठमाडौं । बैंकिङ कसुर (चेक बाउन्स) मुद्दामा ५० लाख रुपैयाँ जरिवाना र १५ दिन कैद सजाय तोकिएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा अर्घाखाँची घर भई काठमाडौं चन्द्रागिरि नगरपालिका–६ बस्ने ३५ वर्षीय काशीराम भुसाल छन्। उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको हो।
खातामा पैसा नभएको बैंकको चेक दिने भुसाललाई चच्च अदालत पाटनले बैंकिङ कसुरजन्य अपराध गरेको ठहर गरी १५ दिन कैद र ५० लाख जरिवाना हुने फैसला सुनाएको थियो।
फरार रहेका भुसाललाई पक्राउ गरी पक्राउ गरी फैसला कार्यान्वयनका लागि ललितपुर जिल्ला अदालतमा पेस गरिएको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए।