• २०८३ जेष्ठ २८ गते बिहिवार

एसिया कप : नेपालले आज पाकिस्तानसँग प्रतिस्पर्धा गर्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १३, काठमाडौं । आज देखी सुरु हुने एसिया कप क्रिकेटमा नेपालले पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । पाकिस्तानस्थित मुल्तान स्टेडियममा नेपालले पाकिस्तानसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

सो खेल नेपाली समय अनुसार दिउँसो ३ः१५ बजेवाट मा सुरु हुनेछ । सबै खेलको प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्सले गर्नेछ । नेपालले आफ्नो क्रिकेट इतिहास मै उच्च टोलीसँग प्रतिस्पर्धा गर्न लागेकाे याे पहिलाे पटक हाे । पाकिस्तानसँग आज खेल खेल्ने नेपालले भदाैं १८ गते भने भारतसँग प्रतिस्पर्धा गर्नेछ । दुवै टाेली विश्वकप क्रिकेट बिजेता टाेली हुन् ।

Sharing

प्रतिक्रिया दिनुहोस